राप्तीमा अनुदान करार शिक्षक पदपुर्तिको प्रावि तहको परिक्षामा सवै फेल



राप्तीमा अनुदान करार शिक्षक पदपुर्तिको प्रावि तहको परिक्षामा सवै फेल

भालुवाङ १२ भदौ । राप्ती गाउँपालिकाले सञ्चालन गरेको प्राथमिक तह अनुदान करार शिक्षकको सामान्य परीक्षाको नतिजा आइतवार बेलुका प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार कुनै पनि उम्मेदवार सफल हुन सकेनन् ।

राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बाल शिक्षा देखि १० कक्षा सम्म निशुल्क शिक्षा कार्यन्वयनका लागि विद्यालयमा अपुग हुने अनुदान शिक्षक करारमा पदपुर्तिका लागि प्राथामिक, आधारभूत र माध्यमिक शिक्षा तर्फ विभिन्न बिषय गरी कुल ५० जना शिक्षकका लागि आवेदन खुल्ला गरेकोमा शनिबार भएको तीन चरणको सामान्य परिक्षामा प्रावि तहको परिक्षामा ८८ जना उम्मेदवारनै फेल भएका छन् ।

३ जना शिक्षक माग गरेकाेमा ९६ जनाले आवेदन दिएका थिए भने ८८ जनाले परिक्षा दिएका थिए । परिक्षा दिएका मध्ये सवै जना असफल भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा परिक्षा समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिएका छन् । परिक्षा आदर्श नमुना मावि लालमटियामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे