केन्या सँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी



केन्या सँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी

काठमाण्डाै १२ भदाै । केन्या सँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी भएकाे छ ।

नैराेबीकाे जिमखाना मैदानमा केन्याले दिएकाे एक सय ५७ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, राेहित पाैडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक/एक विकेट लिए ।  याे जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई–एककाे अग्रता लिएकाे छ । नेपाल र केन्याले तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्ने तालिका पनि छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे