राप्ती गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीलाई स्वागत



राप्ती गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीलाई स्वागत

भालुवाङ १० भदौ । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका नेब बहादुर ओलीलाई शुक्रवार स्वागत गरिएको छ ।

ओलीलाई  गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरीले स्वागत गरेका थिए । साथै अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालको कपिलवस्तुको विजयनगर गाउँपालिकामा सरूवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओली आएका हुन् ।

स्वागत कार्यक्रममा अध्यक्ष  विष्टले कर्मचारी र जनप्रतिनिधि बीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताए । जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उनले कर्मचारीलाई जनप्रतिनिधिले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताए ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत ओलीले आफू राप्तीमा कार्यरत रहँदा सम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले जनप्रतिनिधि र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताए । स्वागत कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे