राप्ती गाउँपालिकाले दियाे अट्वारी पर्वकाे सार्वजनिक विदा



राप्ती गाउँपालिकाले दियाे अट्वारी पर्वकाे सार्वजनिक विदा

भालुवाङ १० भदाै । थारु समुदायको अट्वारी पर्वका अवसरमा राप्ती गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले शुक्रवार एक सुचना जारी गरि भदौ १२ गते अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिएकाे जानकारी दिइएको छ । हरेक वर्ष कृष्ण जन्मअष्टमी पछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबार थारु समुदायले अट्वारी पर्व मनाउने गरेका छन । यस वर्ष भदौ १२ गते अट्वारी पर्व परेको छ ।

अरु पर्व मध्य अट्वारी पर्व पनि महत्वपुर्ण भएकाले यहाँका थारु समुदायले आफ्नो कला, संस्कृति तथा परम्पराअनुसार चाडपर्व हर्ष उल्लासका साथ मनाउने गरेका छन् । यसै बीच दाङका अन्य पालिका र लुम्बिनी प्रदेशले पनि थारु जातिको अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे