तुलसीपुरमा यात्रुवहाक बसले किच्दा एक वृद्धको मृत्यु



तुलसीपुरमा यात्रुवहाक बसले किच्दा एक वृद्धको मृत्यु

तुलसीपुर,११ भदौ । तुलसीपुरमा यात्रुवहाक बसले किच्दा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका ५ बस्ने ८४ वर्षीय भिम बहादुर भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शुक्रबार साँझ ६ बजे रुकुम पश्चिम देखि तुलसीपुर आएको ना ३ ख ४४०० नम्बरको यात्रुवहाक बसले किच्दा भण्डारी गम्भीर घाइते भएका थिए । घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । सल्यानबाट सोही बसमा चढेर तुलसीपुरको विरेन्द्र चोक स्थित ओर्लिएका भण्डारीलाई बस अगाडि बढ्नेक्रममा किचेको प्रहरीले बताएको छ । बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे