नेपाल मगर संघद्वारा हर्षेडाँडा मन्दिर परिसर सरसफाई



नेपाल मगर संघद्वारा हर्षेडाँडा मन्दिर परिसर सरसफाई

लालमटिया ५ भदाै । हरितालिका तीज पर्वलाई लक्षित गरि नेपाल मगर संघ राप्ती गाउँपालिका २ लालमटियाले हर्षेडाँडा मन्दिर परिसर सरसफाई गरेको छ ।

संघले राप्ती गाउँपालिका २ लालमटियामा रहेको कालिका मन्दिर परिसर सरसफाई गरेको हो । संघका राप्ती गाउँपालिका अध्यक्ष यमबहादुर रोका मगरको अगुवाईमा सरसफाई गरिएको हो । कार्यक्रममा नेपाल मगर संघ, राप्ती गाउँपालिका २ लालमटियाका मगर समुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे