चार्डपर्वलाई लक्षित गरि सिसहनियाँ बजार शनिबार पनि खुल्ने



चार्डपर्वलाई लक्षित गरि सिसहनियाँ बजार शनिबार पनि खुल्ने

सिसहनियाँ ५ भदाै । सिसहनियाँ उद्योग बाणिज्य संघको नियमित बैठक शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष पुुर्ण बहादुर बुुढाथोकी अध्यक्षतामा बसेको बैठकले ग्राहकको माग अनुुसार चाडपर्बलाई मध्यनजर गर्दै सिसहनियाँ बजार शनिवार खोल्ने निर्णय गरेको छ । आगामी शनिबार देखि लागू हुने गरि छठ पर्व सम्म शनिबार बजार खोल्ने निर्णय गरेको हो ।

बैठकले आगामी भदौ ११ गते शनिवार बजार सरसफाई गर्ने समेत निर्णय गरेको सचिव मदन पोख्रेलले जानकारी दिएका छन् । पदाधिकारीको बैठकले यस आर्थिक वर्षमा पीपरी बजार ब्यवस्थापन समितिले रात्रि समयमा उज्यालोको लागि बत्ति जडान गर्न लागेकोमा न्युनतम आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकद्धारा आगामी ११ गते हुने बजार सरसफाई कार्यक्रममा सम्पुुर्ण सरोकारवाला, ब्यापारी, उद्योगी, समाजसेवी, बुद्धिजिवी, कर्मचारी, प्रहरी, घर धनी, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, कलाकार, पत्रकार, चालक तथा आम नागरिकमा उपस्थीत हुन र घरधनीले आफ्नो घर वरपर सरसफाई गर्न अनुुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे