राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीको सभापतिमा दोर्णबहादुर जिसी चयन



राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीको सभापतिमा दोर्णबहादुर जिसी चयन

भालुवाङ ५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिकामा तदर्थ समिती शनिबार गठन गरिएको छ ।

जिल्ला सभापती ओपेन्द्र दाहालको अध्यक्षता एवम् देबराज पाठकको प्रमुख आतिथ्यतामा शनिबार लालमटियामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

तदर्थ समितिको सभापतिमा द्रोणबहादुर जिसी, उपसभापतिमा शुभास भुसाल र सचिवमा बसन्ता कुमाललाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा नबाब खान, ऋषिराम शर्मा, विष्णु गिरि ,ओम बहादुर कार्की ,नेत्र बहादुर खड्का , प्रमानन्द पाेख्रेल ,रामकृष्ण चाैधरी , वीर बहादुर दमाई सर्वसहमतीले चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबराज पाठकले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा देउखुरी क्षेत्रका सक्रिय युवाहरूकाे सहभागीता रहेकाे थियाे । साथै कार्यक्रमको सहजीकण जिल्ला सचिब किसन ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे