बञ्चरेडाँडामा फाेहरकाे अवराेध हटाउन तीन बुँदे सहमती



बञ्चरेडाँडामा फाेहरकाे अवराेध हटाउन तीन बुँदे सहमती

काठमाण्डाै १ भदाै । काठमाण्डाै उपत्यकाकाे फाेहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेकाे अवराेध हटाउन बुधवार बेलुकी तीन बुँदे सहमति भएकाे छ ।  काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेकाे काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले तीन बुँदे सहमति गरेकाे हाे ।

फोहर बाेकेर आएकाे गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फाेहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएकाे जेठ २६ गते भएकाे सहमति कार्यान्वयन गर्दै जाने सहमति भएकाे छ ।

बैठकमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी थिए ।  यस्तै छलफलमा काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य लगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे