दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै परिचय खुल्याे



दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै परिचय खुल्याे

काठमाण्डाै १ भदाै । दार्चुलामा आज बुधवार दिउँसाे जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका ६ उलानीमा दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परि ज्यान गुमाउनेमा बझाङकाे बुङ्गल नगरपालिका ८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।

जीप सडकबाट तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे