दाङमा सर्पको टोकाइबाट एक जना गम्भीर बिरामी



दाङमा सर्पको टोकाइबाट एक जना गम्भीर बिरामी

दाङ १ भदौं । दाङमा सर्पको टोकाईबाट एक किशोर बिरामी परेका छन् । बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी बस्ने १९ वर्षीय सुदन विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दएको छ ।

बुधबार दिउँसो २ बजे आफ्नै घरको गोठमा काम गर्ने क्रममा नाम नखुलेको सर्पले टोक्दा विक गम्भीर बिरामी भएको प्रहरीले बताएको छ । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे