मुक्त कम्लहरी छात्रावासको वस्तु स्थिति बुझ्दै जापानी नागरिक साकोन



मुक्त कम्लहरी छात्रावासको वस्तु स्थिति बुझ्दै जापानी नागरिक साकोन

लमही १ भदाै । जापानी नागरिक केनाइ चिरो साकोनले लमही नगरपालिका ३ बनगाउँ र वडा नम्बर १ नर्तीमा रहेको लावा जुनी छात्रावासमा पुगेर त्यहाँको वस्तु स्थिति बारे जानकारी लिएका छन् ।

थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरी मार्फत विगत तीस वर्ष पहिले देखि सहयोग गर्दै आएका साकोनले ती दुवै छात्राबासको अनुगमन गरेका हुन् । थारू कल्याणकारिणी सभा क्षेत्रीय समितिका सचिव बालगोबिन्द चौधरी, निवर्तमान अध्यक्ष चेतराम चौधरी र कार्यालय सचिव पविता चौधरीको उपस्थिति रहेको थियो ।

सो अवसरमा कक्षा १२ सम्मका बिद्यार्थीहरुले सरकारबाट प्राप्त सुबिधा पाउने गरेको तर स्नातक तहमा अध्ययनरत मुक्त कम्लहरीहरुले सरकारबाट सहयोग नपाएको कुरा होस्टेल वार्डेन बिरिजा चौधरीले जानकारी गराएका थिए ।

जापानी सहयोगी साथीहरूको सहयोगमा थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीले गरिव, जेहेन्दार, मुक्त कम्लहरी जुन क्याम्पस तथा विद्यालयहरुले छनोट गरेको हुन्छ ती बिद्यार्थीरुलाई एक बर्षको सम्पुर्ण शुल्क बराबरको रकम छात्रवृत्ति स्वरूप प्रदान गर्ने गरिन्छ । बिगत पाँच वर्ष पहिले देखि देउखुरीका कक्षा १२ सम्मका सबै बिद्यालय र सबै क्याम्पसहरुका छात्रालाई प्रदान गरिएको थियो।

लमहीमा साकोनको भब्य स्वागत
थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरी, उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था, कम्प्युटर तालिम तथा सिलाई कटाई तालिम कस सहभागीहरुले फूल माला र ढाका टोपी लगाएर सम्मान गरेका थिए ।

प्रकाश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केनाइ चिरो साकोन, बिशिष्ट अतिथि राजेन्द्रप्रसाद चौधरी र रामप्रसाद चौधरी, अतिथि हल्लुप्रसाद चौधरी, चेतराम चौधरी, कल्पना चौधरी र पबिता चौधरीले मन्तब्य राखेका थिए। थारू साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रमको सहजीकरण सचिव बालगोबिन्द चौधरी ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे