पहिलो परिक्षाको आधारमा शिक्षक नियुक्त गर्न माग गर्दै गाउँपालिका अध्यक्ष विष्टलाई ज्ञापन पत्र



पहिलो परिक्षाको आधारमा शिक्षक नियुक्त गर्न माग गर्दै गाउँपालिका अध्यक्ष विष्टलाई ज्ञापन पत्र

भालुवाङ १ भदाै । राप्ती गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा कार्यरत नीजि श्रोतका शिक्षकहरुले आफुहरुलाई पहिलाकै परिक्षाको आधारमा नियुक्ति गर्न माग गर्दै राप्ती गाउँपालिका अध्यक्षलाई ५ बुंदे माग राखि ज्ञापन पत्र बुझाएका छन् ।

नीजि श्रोतका शिक्षक कुमार पुनको नेतृत्वमा गएको एक टोलीले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त ज्ञापन पत्रमा नीजि श्रोतमा कार्यरत शिक्षकहरु जो पहिले गाउँपालिका, बिद्यालय र शिक्षा बिकास समन्वय कै रोहबरमा प्रतिस्पर्धा गरि छनोट भै सकेकाले पहिलेकै परिक्षालाई आधारमानी नियमन (अपडेट) गर्नुपर्ने, सेवारत नीजि श्रोतका सम्पुर्ण शिक्षकहरुलाई नियमन गर्न र अपुग भए दरबन्दीको लागि मात्र खुल्ला विज्ञापन खोल्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


यस्तै हाल गाउँपालिकाबाट लागू गरिएको स्थानीय पाठ्यक्रमको लागि पनि बिज्ञापन गर्नुपर्ने लगायतकाे माग गरिएको छ । उक्त कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिकले सवै कानुन अनुसार जानू पर्ने भएकाले सम्पुर्ण नीजि शिक्षकलाई तयारीका साथ परिक्षामा सामेल हुन र उत्तीर्ण हुन पनि आग्रह गरेका थिए ।

उक्त ज्ञापन पत्र बुझ्दै अध्यक्ष विष्टले नीजि श्रोतका शिक्षकलाई सजिलो हुने गरि कार्यपालिकामा प्रस्ताव लैजाने र सके सम्म माग अनुसारनै काम गर्ने बताएका थिए । हाल राप्ती गाउँपालिकामा करिब २३ जना नीजि श्रोतमा कार्यरत शिक्षकहरू रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे