सिसहनियाँ उवा संघले विभिन्न कार्यक्रम गरि साताैं स्थापना दिवस मनायो



सिसहनियाँ उवा संघले विभिन्न कार्यक्रम गरि साताैं स्थापना दिवस मनायो

सिसहनियाँ २६ साउन । सिसहनिया उद्योग वाणिज्य संघले विभिन्न कार्यक्रम गरि सातौ स्थापना मनाएको छ ।

संघका पदाधिकारी तथा सल्लाहकार सहितको टोलीले संघको कार्यक्षेत्र पिपरी स्थित शिव मन्दिर परिसरको पुर्ण सरसफाई गर्दै असाय तथा सहयोगापाक्षी व्यक्तिहरुको आश्रम स्थल निलसागर सेवा आश्रमलाई ५० किलो चामल, ५ किलो दाल, ५ किलो नुन र ५ लिटर खाने तेल प्रदान गरेको छ ।

त्यस्तै संघले स्थापना दिवसको अवसरमा कार्यालय परिसरमा हर्षोल्लासका साथ दिप प्रज्वलन समेत गरेको छ ।
संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् संस्थापक सदस्य एवं समाजसेवी सुर्यनारायण चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य संघ लुम्विनी प्रदेशका सामाजिक विकास समिति सदस्य एवं बरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा स्थापना दिवस मनाइएको हो ।

सरसफाई कार्यक्रममा पिपरीका व्यापारी, पदाधिकारी, स्थानीय बुद्धिजीवी समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । भने दिप प्रज्वलन कार्यक्रममा सिसहनियाँ बजारका व्यापारी तथा स्थानीय नागरिक, पुर्व पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न गरिएको संघका सचिव मदन पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे