गढवामा निर्माणाधिन १५ शैयाको स्वास्थ्यचौकीको भवन पालिका अध्यक्षद्वारा अवलोकन



गढवामा निर्माणाधिन १५ शैयाको स्वास्थ्यचौकीको भवन पालिका अध्यक्षद्वारा अवलोकन

साउन २६ गढवा  । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलद्वारा गढवामा निर्माणाधिन १५ शैयाको गढवा स्वास्थ्य चौकीको स्थलगत अवलोकन गर्नु भएको छ ।

पुरानो संरचना भत्काएर १५ सैयाको नयाँ भवन निर्माण भैरहेको छ । भवन निर्माण कार्य सुरु भए देखी स्वास्थ्य चौकीले दिदै आएको सम्पुर्ण आकस्मिक सेवाहरु बन्द भएको छ। अहिले एउटै भवनको बिभिन्न कोठामा सिमित रही आकस्मिक सेवा बाहेक अन्यसबै सेवाहरु प्रदानगर्दै आएको छ।

भवन निर्माण सम्पन्न नहुंदा सम्म स्थानियहरु लाई ठुलो सास्ती भोग्नु परेको छ । आकस्मिक सेवाका लागी लमही अस्पताल लगाएको ठाउँमा जान बाध्य भएका छन् ।

भवन निर्माणमा ढिलाई नहोस्, सम्झौता अनुसार नै निर्माण कार्य सम्पन्न गरी समय मै आकस्मिक सेवा सहितको सबै सेवा सुचारु गर्न लागि परेको गढवागाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा अध्यक्ष शर्माले स्वास्थ्य चौकी गढवाका डाक्टर लगाएतको टिम संग छलफल गर्नु भएको छ । स्वास्थ्य चौकी गढवामा देखिएको समस्याको बारेमा छलफल गरिएको र तत्काल समाधान निकाल्ने अस्वासन दिनु भएको स्वास्थ्य चौकी गढवाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे