अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ र लोक नृत्य प्रतियोगितामा लिटिल एन्जल्स प्रथम



अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ र लोक नृत्य प्रतियोगितामा लिटिल एन्जल्स प्रथम

लालमटिया २६ साउन । निजी तथा आवासीय विद्यालय अग्रनाइजेसन नेपाल ( प्याब्सन) काे आयाेजनामा बिहीबार राप्ती गाउँपालिका २ लालमटियामा अन्तर विद्यालय स्तरीय लाेक नृत्य र हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा लिटिल एञ्जल स्कुल भालुवाङले लोक नृत्य र हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । त्यस्तै लोक नृत्य तर्फ गाेरखा आइडियल स्कुल लालमटिया द्वितीय र मार्टिन एकेडेमीका विद्यार्थी तृतीय भएका छन् ।त्यस्तै हाजिरी जवाफ प्रतियाेगितामा मुनलाइट मावि द्वितीय र गाेरखा आइडियल स्कुल तृतीय भएका छन् ।

राप्ती प्याब्सनका अध्यक्ष शोभाखर भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको प्रमुख आतिथ्यता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी (अनुप चौधरी) र प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेज बिष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एन प्याब्सनका सहसचिव बिक्रान्त ज्ञवाली, प्याब्सनका जिल्ला सदस्य बिलोचन चौधरी, रामप्रसाद शर्मा, आइ पि भुसाल, बसन्त पुन, छवी थापाको उपस्थिति रहेकाे थियो । कार्यक्रमको सञ्चालन दुर्गा भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे