दाङको गुरुकुल एकेडेमी व्यवस्थापन बिषयमा अब्बल बन्दै



दाङको गुरुकुल एकेडेमी व्यवस्थापन बिषयमा अब्बल बन्दै

घोराही ५ साउन । पछिल्लो समय दाङ घोराहिको गुरुकुल एकेडेमी ब्यबस्थापन बिषयमा अब्बल बन्दै गैरहेको छ । गत बर्षबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी दोस्रो बर्षमा अब्बल बन्दै जादा बिद्यार्थी तथा अभिभावकको अत्यधिक रोजाईमा पर्ने गरेको छ ।

शिक्षाको हिसावले हेर्ने हो भने दाङमा धेरै बिद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागि परेका छन् । अझै भन्नु पर्दा गुरुकुल एकेडेमीले सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षा प्रदान गर्दै प्रबिधि तर्फ जोडिरहेको छ ।

गत बर्ष विज्ञान तथा व्यवथापन संकाय सुरु गरेको गुरुकुल एकेडेमिले बिद्यार्थीको क्षमता बृद्दिका लागि प्रतक्ष अवलोकन तथा ब्यबहार मुलक सिपलाइ प्राथमिकता दिदै आईरहेको छ । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको विद्यालयका ब्यबस्थापन संकायका प्रमुख कृष्णदेव थापा मगरले बताए ।
गुरुकुल एकेडेमीले छात्रबृतिको पनि ब्यबस्था गरेको छ ।

जसमा ४ जिपिए प्राप्त गर्नेलाई शत प्रतिशत छुटको ब्यबस्था गरेको छ भने ए प्लस जिपिए प्राप्त गर्ने लाई मासिक शुल्क छुट, ए जिपिए प्राप्त गर्नेलाई मासिक शुल्क २ हजार मात्र लाग्ने, बि प्लस जिपिए प्राप्त गर्नेलाई मासिक शुल्क ३ हजार मात्र लाग्ने यसैगरी सि जिपिए प्राप्त गर्नेलाई मासिक शुल्क ४ हजार मात्र लाग्ने ब्यबस्था गरिएको छ ।

गुरुकुल एकेडेमीले कक्षा ११मा भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप पनि प्रदान गर्ने गरेको छ । जसले गर्दा विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षण सिकाईमा सहयोग गर्दछ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमामात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था पनि स्कुलले गरेको छ । विद्यार्थीको लागि आवश्यकता अनुसार व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण गराइदै आएको छ ।

शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने कुरालाई आत्मसात गर्दै घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्दै जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको छ ।

‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र बिद्यालयको अत्यधिक मेहेनतले गुरुकुल जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ । गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०७९÷८०का लागि प्लस टुमा प्रि रजिष्ट्रेसन पनि खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे