ब्रिज कोर्षको तयारी गरिरहेका विद्यार्थीहरुलाई बिदाई



ब्रिज कोर्षको तयारी गरिरहेका विद्यार्थीहरुलाई बिदाई

घोराही ४ साउन । भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङकाे आयोजनामा आफ्टर एस.ई.ई. ब्रिज कोर्षकाे तयारी गरिरहेका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ ।

भिक्टोरिया ट्यूसन सेन्टरकाे आयोजनामा सम्पन्न कार्यक्रममा ब्रिज कोर्षकाे तयारीमा अध्ययनरत विद्यार्थीहरुलाई आउँदै गरेको एसईई नतिजा पछिको इन्ट्रान्सका लागि सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै आगामी दिनमा सोचेको सपना पुरा होस् भनि खागा र टिका सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै ब्रिज कोर्षका विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस संस्था प्रति सदैव माया रहिरहने बताएका थिए । आफु सोचे भन्दा बढीकाे सेवा सुविधा पाएको बताएका छन् । आगामी दिनमा पनि यस संस्था प्रति विश्वास र आस्थका साथ आफूहरु प्रति साथ सहयोग काे अपेक्षा गरेका छन् ।

कम्प्युटर शिक्षक श्रवण कुमार यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन यसै भिक्टोरिया ट्यूसन सेन्टरका कोर्डिनेटर सत्यपाल यादवले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुद्धरा साँस्कृतीक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे