राप्तीमा शिक्षक कर्मचारीहरुका लागि सञ्चालित २० दिने कम्प्युटर अपरेटर तालिम सम्पन्न



राप्तीमा शिक्षक कर्मचारीहरुका लागि सञ्चालित २० दिने कम्प्युटर अपरेटर तालिम सम्पन्न

सिसहनियाँ ३१ असार । राप्ती गाउँपालिकाका शिक्षक कर्मचारीहरुका लागि सञ्चालित २० दिने कम्प्युटर अपरेटर तालिम बिहीबार सकिएकाे छ ।

राप्ती गाउँपालिकाकाे आयाेजना एवम् तेजश्री प्राविधिक शिक्षालय राप्ती -८ पिपरीकाे व्यवस्थापनमा तालिम संञ्चालन भएकाे थियो । तालिममा विद्यालयमा कम्प्युटर प्रयाेग गर्दा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्राेग्रामहरुकाे बारेमा सिकाईएकाे थियाे।

राप्ती गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका ४४ जना शिक्षक कर्मचारीहरुकाे सहभागिता रहेकाे तालिमको प्रशिक्षकमा शिबराज कालाथाेकी र बसन्त चाैधरी रहेका थिए । यसैबीच तालिमको एक कर्यक्रम गरि अाज पिपरीम समापन गरिएको छ।

शिक्षालयका प्रशासकिय हरिनारायण चाैधरीकाे अध्यक्षता,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आथित्यतामा तथा प्रमुख प्रशासकिय अधिकृत शाेभाराम रिजालकाे विशिष्ट आथित्यतामा समापन गरिएकाे हाे ।

साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले तालिममा सिकेको कुराहरुलाई ब्यावहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । साथै उनले गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई प्रविधियुक्त बनाउने उदेश्यका साथ आगामी दिनहरुमा यस खालका तालिमहरुकाे आयाेजना गर्ने समेत बताए ।

शिक्षालयका प्रमुख तारा भुषालले संञ्चालन गरेको कार्यक्रममा लेखा अधिकृत धन प्रसाद शर्मा, शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास वि.क., विपद व्यवस्थापन शाखाका शुवास भट्टराई, वडा नं.२ का पुर्व वडा अध्यक्ष जगतबहादुर थापा लगायतको सहभागीता रहेको थियाे भने तालिमकाे प्रशिक्षक शिबराज कालाथाेकी र तालिमका सहभागी सविता चाैधरीले आ – आफ्नाे भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे