अपांङ्गता भएका नागरिकहरूकाे अधिकारकाे सवालमा गम्भीर छाैँ: अध्यक्ष बिष्ट



अपांङ्गता भएका नागरिकहरूकाे अधिकारकाे सवालमा गम्भीर छाैँ: अध्यक्ष बिष्ट

लालमटिया ३० असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अपांङ्गता भएका नेपाली नागरिकहरूकाे अधिकारका सवालमा गम्भिर रहेकाे बताएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा बिहिबार देखि देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरियामा शुरू भएकाे दुई दिने अपाङ्गता सवाल तथा नीतिगत कानुनी व्यवस्था बिषयक अभिमुखीकरण कायक्रमकाे उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।

उनले अरू नागरिक भन्दा अपाङ्गता भएका नागरिकहरू बिशेष अधिकारकाे व्यवस्था गरिनुपर्ने बताए । अध्यक्ष बिष्टले जब सम्म याे मूलुकमा सबै वर्ग र समुदायले अधिकार पाउँदैन तब सम्म लाेकतन्त्रकाे सही परिभाषित नहुने समेत बताए । उनले अपाङ्गताका सवालमा आफू अपाङ्ग महासंघ समन्वय गरेर काम गर्ने प्रतिबद्धता समेत जनाए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीले आफ्नो शाखामा भएको अपाङ्गता परिचयपत्र वितरणमा आएका समस्याको बारेमा जानकारी दिइन् । त्यस्तै राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले भने स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा पनि अपांगता परिचय-पत्रको बारेमा धेरै नै गुनासो रहेको बताए ।

साे अवसरमा प्रशिक्षक राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष देवीदत्त आचार्यले सामान्य अपाङ्गताको प्रकार र अपाङ्गताको ब्यक्तिको बर्गीकरणका साथै अपाङ्गता बिषयलाई मध्यनजर राखेर बिभिन्न बिषयमा जानकारी गराएका थिए ।

सरोकारवाला निकायहरूलाई अपाङ्गता अधिकार र कानुनी व्यवस्था, पालिका स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरु पहिचान गरि समस्याहरु र न्युनीकरणका लागि आवश्यक समन्वय र सहकार्य तथा महासंघ र स्थानीय सरकार बीचको न्यायमा पहुँचको लागि समन्वयको दुरी नजिक बनाउने उद्देश्यले कार्यक्रम आयाेजना गरिएको आयाेजकले जनाएकाे छ ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरू गरि ४२ जनाको सहभागिता रहेको थियाे । महासंघकी उपाध्यक्ष देवा डाँगीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमको सञ्चालन महासंघकी कार्यक्रम अधिकृत गोमा पन्थीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे