स्वास्थ्य र शिक्षामा गोवरडिहा सामुदायिक वनको लगानी



स्वास्थ्य र शिक्षामा गोवरडिहा सामुदायिक वनको लगानी

सिसहनियाँ २९ असार । गोवरडिहा सामुदायिक वनले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी लगाउन सुरू गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक वनले वार्षिक कार्ययोजना बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा कार्यक्रम बनाएको छ ।

सामुदायिक वनले वन क्षेत्र र बाटोघाटोमा मात्र लगानी गर्दा खासै उपलब्धि नहुने भएकोले वार्षिक कार्ययोजना नै बनाएर शिक्षा र स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको समुहका कोषाध्यक्ष शिवनारायण चाैधरीले जानकारी दिएका छन् ।

यस भन्दा अघिल्लो कार्य समिति निष्कृय भइ काम गर्न छोडेपछि सामुदायिक वनका उपभोक्ताको क्रियाशिलतामा नयाँ कार्य समिति बनाएर कार्यक्रमलाई अगाडि बढाएको हो ।

यसै क्रममा बुधबार राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा राप्ती गाउँपालिका ६ नम्बर वडा कार्यालयको सहकार्यमा गोवरडिहा सामुदायिक वन उपभोक्ता समुहको वार्षिक कार्यक्रम अन्तरगत शिक्षामा सहयोग तथा मातृ शिशु स्वास्थ्य कार्यक्रम सम्पन्न गरेको छ ।

समुहका अध्यक्ष शिवप्रसाद यादवको अध्यक्षता एवम् राप्ती गाउँपालिका ६ नम्बर वडा अध्यक्ष  दिपककुमार चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ हजार ५ सय रूपैयाँ बराबरको ३ वटा बच्चा ताैल्ने मेसिन र ३ वटा गर्भवती ताैल्ने मेसिन ३ वटा आमा समूह र स्वमसेविकालाई प्रदान गरिएको छ । भने शिक्षा सुधारका लागि हंशेश्वर प्राथमिक विद्यालय भगवानपुरलाई १ लाख रूपैयाँको चेक प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य गिता चाैधरी, हंशेश्वर प्रावि भगवानपुरका प्रअ बासुदेव ज्ञवाली, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समुहका सहसचिव गोविन्द केसी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे