लालमटिया बजारलाई उज्यालो बनाउन सडक बत्ती जडान



लालमटिया बजारलाई उज्यालो बनाउन सडक बत्ती जडान

लालमटिया २९ असार । दाङको राप्ती गाउँपालिका २ लालमटिया बजारलाई उज्यालो बजार बनाउन सडक बत्ती जडान गरिएको छ ।

सिभिल बैंक लिमिटेड लालमटिया शाखाले लालमटिया बजार व्यबस्थापन समितिलाई उज्यालो बजार बनाउन र चोरीका घटनाबाट बचाउन तथा बाटोमा हिड्ने बटुवाहरूलाई आवत जावतमा सहजता ल्याउन बैंकले बुधबार ५० वाटको दुई वटा सडक बत्ती बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बजार व्यबस्थापन समितिलाई सडक बत्ती हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक मेघराज पौडेलले जानकारी दिएका छन् । उनले आगामी दिनहरुमा पनि गाउँपालिका तथा वडा कार्यालय सम्म सहकार्य गर्दै अगाडी बढ्ने बताएका छन् ।

बजार व्यबस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले सडक बत्ती प्रदान गरेकोले बैंकलाई धन्यबाद तथा शुभकामना दिएको प्रशिक्षार्थी पत्रकार लालमणी भुसालले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे