लमही बजारका सडक बत्ती बल्न छाडे



लमही बजारका सडक बत्ती बल्न छाडे

लमही २९ असार । दाङको लमही बजारमा रहेका अघिकांश सडक बत्तीहरु बल्न छाडेका छन् । लाखौं रकम खर्च गरेर जडान गरेको बत्ती बल्न छोडे सँगै चाेरीका घटनाहरु पनि बढ्न थालेकाे स्थानीयहरूले बताएका छन् ।

सडक बत्ती बल्न छोडेपछि  स्थानीय ब्यापारीहरुले सुरक्षा नभएको अनुभती समेत गर्न थालेका छन् । गत तीन बर्ष पहिले देखि नै यस्ताे अबस्था आएकाे लमहीका ब्यापारी भाेजराज अधिकारीले गुनासो गरेका छन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले तीन बर्ष पहिले देखि सिसि क्यामरा र लमहीकाे सडक बत्ती बाल्ने जिम्मा स्थानीय सरकारलाई दिइसकेको थियोे ।

उता लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले भने सिसि क्यामरा इलाका प्रहरी कार्यालय लमहीकाे मातहतमा संचालन रहेकाे र सडक बत्तीका लागि टाेल बिकाश संस्थाहरुले बत्तीको महसुल तिर्ने हाे । भने हामी अहिले नै सडक बत्ती बालिदिने भनाई राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे