सिभिल बैंकद्वारा आदर्श नमुना मावि लालमटियालाई टेलिभिजन प्रदान



सिभिल बैंकद्वारा आदर्श नमुना मावि लालमटियालाई टेलिभिजन प्रदान

भालुवाङ २९ असार । दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको सिभिल बैंक लिमिटेड लालमटिया शाखाले आदर्श नमुना मावि लालमटियालाई मंगलबार एक कार्यक्रमको आयोजना गरि एल.इ.डी कम्पनीको टेलिभिजन हस्तान्तरण गरेको छ ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो स्कुललाई टेलिभिजन हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक मेघराज पौडेलले जानकारी दिएका छन् । उनले आगामी दिनहरुमा पनि गाउँपालिका तथा वडा कार्यालय सम्म सहकार्य गर्दै अगाडी बढ्ने बताएका छन् ।

कार्यक्रममा विद्यालय प्रधानाध्यापक किरण पोख्रेलले आजको आधुनिक युगमा विज्ञानमैत्री शिक्षा र प्रयोगात्मक शिक्षा आवश्यक रहेकोले  विद्यार्थीहरुलाई सिकाईमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

पछिल्लो समयमा सामाजिक क्रियाकलापमा जोड दिइरहेको सिभिल बैंकलाई उनले प्रगतीको शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे