अनलाइन माध्यमबाट निष्पक्ष तथा मानव सेवामा हातेमालो अभियान समिति गठन



अनलाइन माध्यमबाट निष्पक्ष तथा मानव सेवामा हातेमालो अभियान समिति गठन

दाङ २१ असार । अनलाइन माध्यमबाट आशिष कुमार अधिकारीको अध्यक्षतामा निष्पक्ष तथा मानव सेवामा हातेमालो अभियान समिति गठन गरिएको छ ।

गठित समितिको उपाध्यक्षमा विष्णाकुमारी महतरा, सचिवमा कृष्णबहादुर खत्री, सहसचिवमा निलम लम्साल, कोषाध्यक्षमा विमल आचार्य र सदस्यहरूमा चेतन सुनार र सरिता केसी रहेका छन् । भने सल्लाहकारमा शेरबहादुर ओली र ओमप्रसाद शर्मा रहेका छन् ।

मंगलबार गठन गरिएकोले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुको सक्रियता रहेको छ । हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले सहयोग गर्दै आइरहेको छ तर यस समूहमा सक्रिय अपाङ्गता भएका व्यक्तिहरूले हामी सहयोग लिने मात्र होइन अन्य व्यक्तिहरुलाई सहयोग प्रदान गर्नका समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताएका छन् ।

अनलाइनको माध्यमबाट विभिन्न ठाउँमा छरिएर रहेका दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरु मिलेर एउटा म्यासेन्जर समूह बनाएर यो समिति गठन गरिएको उपाध्यक्ष विष्णा कुमारी महतराले बताएकी छिन् । कार्यक्रमको सहजीकरण सम्झना बडुवालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे