देउखुरीको लालमटियामा जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता सुरू



देउखुरीको लालमटियामा जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता सुरू

भालुवाङ २१ असार । दाङ जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता मंगलबार देखि दाङको राप्ती गाउँपालिका २ लालमटियामा सुरू भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ देउखुरी कराँते डो, दाङको आयोजनामा प्रतियोगिता सुरू भएको हो ।

देउखुरी डोजोका प्रमुख प्रशिक्षक यमलाल वाग्लेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले  देशको नाम चिनाउने एउटा माध्यम खेल पनि भएकाले खेलकुद क्षेत्रमा गाउँपालिका लगानी गर्न तयार रहेको बताएका छन् । साथै उनले खेलको माध्यमबाट शारीरिक, मानसिक तथा बाैद्विक विकास हुने भएकाले बेला वखतमा खेलकुद कार्यक्रम गर्न आवश्यक रहेको समेत बताएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली, दाङ सितोरियो कराँते संघका अध्यक्ष  पदमबहादुर बस्नेत लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षक रमेश पुन मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन विकाश भट्टराईले गरेका थिए । प्रतियोगितामा  १ सय ४७ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगिता भोली सम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे