दाङको देउखुरीबाट हराएको मोटरसाइकल ३ महिना पछि प्युठानमा भेटियो



दाङको देउखुरीबाट हराएको मोटरसाइकल ३ महिना पछि प्युठानमा भेटियो

लालमटिया २२ असार । दाङको देउखुरीबाट हराएको एउटा वटा मोटरसाइकल ३ महिना पछि प्युठानमा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार प्युठानको बडडाँडामा बेवारिसे अबस्थामा सो मोटरसाइकल फेला पारेको प्रहरीले बताएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ बस्ने मोहन केसीको रा ६ प ५३४३ नम्बरको मोटरसाइकल गत चैत १७ गते रातिको समयमा घरबाट हराएको थियोे ।

हराएको मोटरसाइकल खोज तलास गरिपाउँ भनी केसीले इलाका प्रहरी कार्यालय भालुबाङमा निवेदन दिएपछि उक्त मोटरसाइकल खोजी कार्य गर्दै जाने क्रममा सोमबार प्रहरी टोलीले प्युठान बड्डाडामा वेवारिसे अबस्थामा फेला पारी मंगलबार सम्बन्धित मोटरसाइकल धनी मोहन केसीलाई बुझाएको प्रहरीले बताएको प्रशिक्षार्थी पत्रकार हरि भण्डारीले खवर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे