देउखुरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



देउखुरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिसहनियाँ ६ जेठ । दाङको देउखुरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार विहान ११: ३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिंगे निवासी ४५ वर्षिय महादेव चाैधरी सिंगेखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक कुमार केसीले जानकारी दिएका छन् ।

मृतक चाैधरीको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे