देउखुरीकाे मसुरीयामा  २ वटा मोटरसाइकल ठाेक्किदा ३ जना घाइते



देउखुरीकाे मसुरीयामा  २ वटा मोटरसाइकल ठाेक्किदा ३ जना घाइते

भालुवाङ ६ जेठ । देउखुरीमा  २ वटा मोटरसाइकल ठाेक्किदा ३ जना घाइते भएका छन् । शुक्रवार दिउँसाे २ : १५ बजेकाे समयमा  लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपािलका ३ मसुरियामा भएकाे मोटरसाइकल दुर्घटनामा परि  ३ जना गम्भीर घाइते भएका हुन् ।

राप्ती गाउँपालिकाकाे कार्यालय मसुरिया अगाडि पुर्व देखि पश्चिम जाँदै गरेकाे  लु २७ प १५० र साेही दिशा तर्फ गइरहेकाे रा ७ प ४४९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा गढवा गाउँपालिका वडा नम्बर २ का ३४ वर्षिय विपिन शर्मा, सोही गाउँपालिका वडा नम्बर ६ का २५ वर्षिय विनयकुमार यादब र राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरियाका निवासी ३२ वर्षिय रितु चौधरी घाइते भएकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

घाइते मध्ये विपिनलाइ बढी चाेट लागेका कारण नेपालगञ्ज पठाइएकाे छ भने अन्य २ जनाकाे भालुवाङ स्थित राप्ती सेवा पाेलिक्लनीकमा उपचार गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे