राप्तीका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दै सपथ लिए



राप्तीका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दै सपथ लिए

भालुवाङ ६ जेठ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुले सपथग्रहण तथा पदभार ग्रहण गरेका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रवार घोराहीमा मुख्य निर्वाचन अधिकृत एवं दाङ जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापा सँग पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै उनले आजै उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् ।

सफथ ग्रहण सँगै अध्यक्ष विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले शुक्रबार नै पदभार ग्रहण समेत गरेका छन् । भने ९ वटै वडाका वडा अध्यक्षहरूले पनि आफ्नो कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराउँदै अध्यक्ष विष्टले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न आग्रह गरेका छन् ।

उनले सेवा दिदा सेवाग्राहीलाई सम्मान गर्दै छिटो र छरितो तरिकाले मुस्कान सहितको सेवा दिन पनि निर्देशन दिएका छन् । निर्वाचित जनप्रतिनिधिहरु बिहीबार प्रमाणपत्र वितरण गरिएको थियो ।

नव निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरि ४७ जना जनप्रतिनिधिहरूलाई प्रतिनिधि सभा सदस्य गंगा चाैधरी, निर्वतमान गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले टीका लगाएर दोसल्ला र फूलमाला सहित स्वागत गरेका थिए ।

कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत शोभाराम रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे