लमहीमा बालबालिकाका लागि बिशेषज्ञ सेवा सहितको अस्पताल स्थापना



लमहीमा बालबालिकाका लागि बिशेषज्ञ सेवा सहितको अस्पताल स्थापना

देउखुरी ६ जेठ । बालबालिकाको उपचारको लागी दाङको देउखुरीमा अस्पताल स्थापना भएको छ । नीजि क्षेत्रको लगानीमा लमहीमा तुलसी स्याटलाईट अस्पतालले सेवा सुरु गरेको हो ।

बालबालिका विरामी परे भने उपचार गर्ने भरपर्दो ठाउँ थिएन । सामान्य विरामी भएपनि बुटवल या नेपालगञ्ज पुर्‍याउनुपर्ने बाध्यता थियो । तर अव लमहीमा बालबालिकाको उपचारको लागी छुट्टै अस्पताल खुलेपछि यस क्षेत्रका स्थानिय हर्सित भएका छन । तुलसी हस्पिटलले लमहीमा तुलसी स्याटालाईट अस्पताल सञ्चालन गरेको छ ।

जहाँ नवजात शिशु तथा बालबालिकाको उपचार गरिन्छ । लमही अस्पतालमा सल्यक्रियामार्फत सुत्केरी सेवा सञ्चालनमा छ । कहिले काँही बच्चाको स्वास्थ्यमा समस्या आयो भने तत्काल उपचारको लागी जिल्ला बाहिर पठाउनुपर्ने अवस्था थियो ।

अव नवजात शिशु र बालबालिकाको उपचारको लागी अस्पताल खुलेपछी यसखाले समस्या समाधान हुने तुलसी बाल अस्पतालका बरिष्ट बाल रोग बिशेषज्ञ किशोर खत्री बताए । अस्पतालको उदघाटन गर्दै लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले अस्पतालहरुले सर्बसुलभ रुपमा सेवा दिन सक्नुपर्ने बताए ।

लमहीमा शुक्रवारदेखि संचालनमा आएको तुल्सी स्याटलाइट हस्पिटल प्रालीको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले उक्त कुरा बताएका हुन । अस्पतालको संख्या बढाउनुभन्दा गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ अस्पतालहरुले ध्यान दिनु पर्ने बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले लमही अस्पताललाई ब्यवस्थित गर्नेमा आफू कटिबद्ध भएर लाग्ने बताए ।

त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख लक्ष्मी योगीले अस्पतालले सर्बसुलभ तरिकाले सेवा दिनु पर्ने बताईन । स्वास्थ्य मानिसका लागि नभई नहुने कुरा भएको बताउदै सबै नागरिकले छिटो छरितो सेवा पाएर स्वास्थ्य लाभ लिने वातावरण गराउन अस्पताल प्रशासनले ध्यान दिनु पर्ने बताए ।

अस्पतालका डाक्टर किशोर खत्रीको अध्यक्षता तथा लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख अकुर दाहाल र सहजीकरण फर्णाधर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे