कुवा खन्ने क्रममा बेपत्ता चौधरीको शव फेला



कुवा खन्ने क्रममा बेपत्ता चौधरीको शव फेला

तुलसीपुर २१ बैशाख । तुलसीपुरमा कुवा खन्ने क्रममा बेपत्ता भएका एक जनाको शब तीन दिनपछि भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका १७ जमेरा बस्ने अन्दाजि २४ वर्षीय हरि चौधरीको शव मंगलबार बिहान ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका १३ साजखुटिमा आइतबार बिहान साढे ११ बजे कुवा खन्ने क्रममा ढिस्कोले पुरिएर चौधरी बेपत्ता भएका थिए ।

स्थानीय डिल्ली रोकाको घरमा कुवा खन्ने क्रममा बेपत्ता भएका चौधरीको शवलाई स्काभेटर प्रयोग गरेर निकालिएको प्रहरीले बताएको छ । चौधरीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको डिएसपी अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे