लक्ष्य अनुसार मतपत्र छपाइको काम सकियो, ६५ जिल्लामा ढुवानी



लक्ष्य अनुसार मतपत्र छपाइको काम सकियो, ६५ जिल्लामा ढुवानी

काठमाण्डाै २१ वैशाख । वैशाख ३० गते हुने पालिका चुनावका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो ।

आयोगका उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको छ । केही पालिकाको पुनः छाप्नुपर्ने भएकाले छपाइ भैरहेको आयोगले जनाएको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने उपसचिव भुषालले जानकारी दिए । आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, वाग्मती प्रदेशको चितवन र प्रदेश एकको मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी छ ।  शुक्रबार सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे