सुकुम्बासीहरूलाई लालपुर्जा दिलाउने काम एमालेको सरकारले मात्र गर्न सक्छ : पोख्रेल



सुकुम्बासीहरूलाई लालपुर्जा दिलाउने काम एमालेको सरकारले मात्र गर्न सक्छ : पोख्रेल

भालुवाङ २० वैशाख । नेकपा एमालेबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका जगतप्रसाद पोख्रेलले भुमिहिन तथा सुकुम्बासीहरूलाई लालपुर्जा दिलाउने काम एमालेको सरकारले मात्र गर्न सक्ने बताएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि मंगलबार मत माग्न राप्ती गाउँपालिका वडा नम्बर ३ को नयाँबस्ती, पैसठ्ठी नम्बर पुगेका पोख्रेलले सो कुरा बताएका हुन् ।

वर्षाै देखि विना पुर्जा ऐलानी तथा वन क्षेत्रको जग्गामा बसोबास गर्दै आएका भुमिहिन, सुकुम्बासीहरूलाई लालपुर्जा दिलाउन केपी ओली प्रधानमन्त्री भएका बेला एमालेले सुकुम्बासी, भुमिहिनहरूको लगत संकलन गरि आयोग समेत गठन गरेर लालपुर्जा दिलाउने प्रक्रियामा गएका बेला सरकार ढाल्ने कामले त्यो काम हुन नसकेको बताउँदै पुन रोकिएको काम सुरू गर्न एमालेलाई जिताउनुको विकल्प समेत नरहेको बताए ।

चुनावी घरदैलोका क्रममा सो बस्तीहरूमा बाटो, किसानका मल बीउ, सिचाई, स्वास्थ्य, शिक्षा, तरकारीको बजारीकरण लगायतका समस्या रहेको बताउँदै त्यो सवै काम एमाले नेतृत्वको स्थानीय सरकारले गर्ने पोख्रेलले बताएका छन् ।

केही समय पहिले राप्ती गाउँपालिकाको वडा नम्बर १, २ र ३ का केही सुकुम्बासी बस्तीलाई उठाएर राजधानी राख्ने कुरामा एमाले सचेत रहेको बताउँदै त्यस्तो कार्य गर्न नदिने उनले आश्वासन समेत दिएका छन् ।

त्यस्तै घरदैलो कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले आफू कमैयाको छोरी भएकोले पछाडि परेका, उत्पिडित वर्ग, कमैया, कम्लहरीहरूको क्षेत्रमा विशेष जोड दिने बताएकी छिन् ।

घरदैलो कार्यक्रम राप्ती गाउँपालिकाको वडा नम्बर ३ को नयाँबस्ती, मसुरीया, पैसठ्ठी नम्बर लगायतका टोलहरूमा गरिएको थियो भने पैसठ्ठी नम्बर, बसन्तपुर र वडा नम्बर ६ को सगरापुरमा चुनावी भेला समेत आयोजना गरिएको थियोे ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष पदका उम्मेदवार कमलापती चाैधरी, वडा अध्यक्ष पदका उम्मेदवार सन्तोष अधिकारी र सदस्यहरू, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य किरण भण्डारी, जिल्ला सदस्य वृहस्पति श्रेष्ठ, गाउँ कमिटी अध्यक्ष मदन अधिकारी, इन्चार्ज हरि बेल्वासे, सचिव भरतमणी शर्मा, सदस्य वसन्त भण्डारी लगायत नेता कार्यकर्ताहरूलाई उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे