दाङमा स्थानीय तह निर्वाचनका लागि ४ लाख ४३ हजार मतपत्र आइपुग्यो



दाङमा स्थानीय तह निर्वाचनका लागि ४ लाख ४३ हजार मतपत्र आइपुग्यो

दाङ १९ बैशाख । दाङमा ४ लाख ४३ हजार मतपत्र मतपत्र आइपुगेको छ ।  निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा साे मतपत्र पठाएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

जिल्लामा चार लाख नौ हजार ९०२ मतदाता रहेकोमा ३४ हजार मतपत्र बढी ल्याईएको उहाले जानकारी दिए ।यस्तै गरी २०७४ सालपछि थपिएका नयाँ मतदाताको परिचयपत्र पनि मतपत्रसँगै आईपुगेको उनले बताए ।

मतपत्र र परिचय पत्र आईपुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाले बताए । जिल्लामा यस अघि सवैपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचन सम्बन्धीका कामहरु भईरहेका छन् । यस्तै गरी यहि बैशाख २१, २२ र २३ गते सम्म मतदान सम्बन्धी कर्मचारीहरुलाई तालिम दिएर परिचालन गरीने उनले बताए । त्यसपछि निर्वाचन सामग्री र मतदाता परिचय पत्र पनि सम्बन्धीत मतदातस्थलमा पठाईने उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे