निर्वाचन आचारसंहिता पालना गर्न पत्रकार र सञ्चार माध्यमलाई पत्रकार महासंघ दाङकाे आग्रह



निर्वाचन आचारसंहिता पालना गर्न पत्रकार र सञ्चार माध्यमलाई पत्रकार महासंघ दाङकाे आग्रह

दाङ १९ वैशाख । नेपाल पत्रकार महासंघ दाङले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गरेर मात्र स्थानीय तह निर्वाचन विषयका समाचार सम्प्रेषण गर्न आग्रह गरेकाे छ । आइतबार दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

त्यस्तै बैठकले स्थानीय तह निर्वाचनका उम्मेदवारसँग बहस गर्ने भएको छ । उम्मेदवारका एजेण्डाका विषयमा बहस गर्ने निर्णय गरेको सचिव आरके सितलले जानकारी दिए ।

बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदानको दिन समाचार संकलनका लागि पत्रकार परिचपत्रका आधारमा र सवारी साधन अनुमतिपत्र नेपाल पत्रकार महासंघको सिफारिसमा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे