राप्तीमा एमालेका उम्मेदवारलाई विजय गराउन सांसद गंगा चाैधरी भोट माग्दै



राप्तीमा एमालेका उम्मेदवारलाई विजय गराउन सांसद गंगा चाैधरी भोट माग्दै

सिसहनियाँ १९ वैशाख । दाङको राप्ती गाउँपालिकामा एमालेका उम्मेदवारहरूलाई विजय गराउन एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गंगा चाैधरी भोट माग्न सुरू गरेकी छिन् ।

देशैभर एमालेका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजय बनाउन चुनावी प्रचार प्रसार व्यापक रूपमा भइरहेका बेला एमाले नेतृ समेत रहेकी चाैधरीले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ७ को भानपुर, जितपुर लगायतका गाउँमा पालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष पदका उम्मेदवार कमलापती चा‌ैधरी र वडा अध्यक्ष सिताराम चाैधरी तथा सदस्य पदका उम्मेदवारहरू सँगै घर घरमा पुगेर भोग मागेकी छिन् ।

भोट माग्न सिपालु चा‌ैधरीले भोट माग्ने काम मात्र गरेनिन् भोट कसरी हाल्ने भन्ने विषयमा सिकाउने समेत गरेकी छिन् । नाच्न समेत सिपालु चाैधरीले यश पटक स्थानीय तहमा एमालेको सरकार आउनेमा आफू आशावादी रहेको बताएकी छिन् ।

भोट माग्न पुगेका सांसद र उम्मेदवारहरूलाई त्यहाँका स्थानीयले ठुलो साथ र सहयोग समेत गरेका छन् । वडा नम्बर ७ मा अघिल्लो स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसको पुरै प्यानल जितेको क्षेत्रमा अहिले एमालेले कब्जा गरेको छ ।

वडा पनि एमालेमय बन्न थालेको छ । जुन सोमबारको घरदैलोले पनि स्पष्ट गरेको छ । त्यहाँका स्थानीयले दुखी गरिवको पार्टी एमाले नै भएको र अब एमालेले विकास गर्छ त्यसैले यश पालि एमालेलाई जिताउनु पर्छ भन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे