राप्ती गाउँपालिकाको विभिन्न वडा टोलहरुमा एमालेको चुनावी घरदैलो तथा भेला



राप्ती गाउँपालिकाको विभिन्न वडा टोलहरुमा एमालेको चुनावी घरदैलो तथा भेला

भालुवाङ १६ वैशाख । दाङको राप्ती गाउँपालिकाको विभिन्न वडा तथा टोलहरुमा नेकपा एमालेको चुनावी घरदैलो तथा भेला शनिवार सम्पन्न भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष कमलापती चौधरी र ९ वटै वडाका उम्मेदवारहरुलाई विजय बनाउन पालिकाको ९ वटै वडाहरुमा शनिवार पनि चुनावी घरदैलो अभियान सँगै केहि वडामा चुनावी भेला समेत सम्पन्न भएका छन् ।

जस अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ४ को मौरीघाट, जनकपुर, नयाँगाउँ, पिपरखुट्टी, बुढीचौर वडा नम्बर ८ को पिपरी, कोहलुवा, मिलनडाँडा, वडा नम्बर ५ को कालापानी, वडा नम्बर ७ को बड्का सिसहनियाँ, छोट्की सिसहनियाँमा घरदैलो तथा चुनावी सभा कार्यक्रम सम्पन्न भएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिकालाई एमालेमय बनाउन एमालेका पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु चुनावी घरदैलो तथा चुनावी भेला अभियानमा व्यस्त भएका छन् ।

राप्ती गाउँपालिकालाई सुखी र सम्वृद्व गाउँपालिका बनाउने लक्ष्य बोकेर उनीहरु चुनावी अभियानमा होमिएका हुन् । विकास निर्माणका पुर्वधार, शिक्षा, स्वास्थ्य, कृषि, राजधानी व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायतका महत्वपूर्ण एजेन्डा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे