पैसा, रक्सी र मासुमा बिकेर ५ वर्ष खराब नगर्नु होला : अध्यक्ष पदका उम्मेदवार बिष्ट



पैसा, रक्सी र मासुमा बिकेर ५ वर्ष खराब नगर्नु होला : अध्यक्ष पदका उम्मेदवार बिष्ट

सिसहनियाँ १८ वैशाख । नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनका साझा अध्यक्ष पदका उम्मेदवार प्रकाश बिष्टले पैसा मासु र रक्सीमा बिकेर ५ वर्ष खराब नगर्न सम्पुर्ण राप्ती गाउँपालिका भित्रका मतदातालाई अनुरोध गरेका छन् ।

शनिबार राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ” पैसा रक्सी र मासु बाड्न यहाँ कांग्रेस एमालेका मान्छे आउन सक्छन् तपाइँहरु सचेत रहनु होला त्यस्ता मान्छेलाइ भोट दिएर आफ्नो समय बर्बाद नगर्नु होला” अध्यक्ष पदका उम्मेदवार बिष्टको भनाइ थियो ।

आफुलाई कामाउन कुनै रहर नभएको बताउदै अध्यक्ष पदका उम्मेदवार बिष्टले राप्ती गाउँपालिकाको मुहार फेर्न, स्वास्थ्य, शिक्षा र कृषिमा व्यापक परिवर्तन गरि देशकै नमुना गाउँपालिका बनाउन आफुले उम्मेदवारी दिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदका उम्मेदवार केशव राज खनालले राप्तीको बिकास गर्न आफुहरु सँग योजना रहेको बताउदै उक्त योजनालाई सफल बनाउन सम्पुर्ण राप्ती बासी मतदातालाई सहयोग गर्न आग्रह गरे । वडा कमिटी अध्यक्ष मोहन बिष्टको अध्यक्षतामा भएको चुनाबी सभाको संचालन पार्टीका पालिका सहसचिव बसन्त नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे