देउखुरीको राप्तीमा अध्यक्ष पदका उम्मेदवार जगत पोख्रेललाई बृद्धा बुवाआमाहरूको आर्शिवाद



देउखुरीको राप्तीमा अध्यक्ष पदका उम्मेदवार जगत पोख्रेललाई बृद्धा बुवाआमाहरूको आर्शिवाद

सिसहनियाँ १७ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ का जेष्ठ नागरिक आमा बुवाहरुले हामीलाई पाल्ने पार्टी एमाले हो भन्दै आर्शिवाद दिएका छन् ।

शनिवार राप्ती गाउँपालिका वडा नम्बर ४ को पिपरखुट्टी र नयाँगाउँमा आफ्ना उम्मेदवारलाई विजय गराउन नेकपा एमालेले सुरु गरेको चुनावी घरदैलो कार्यक्रम अन्तरगत पिपरखुट्टी र नयाँगाउँमा पुगेका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष कमलापती चौधरी, वडा अध्यक्ष पदका उम्मेदवार नन्दुराम चौधरीलाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयको आर्शिवाद दिएका हुन् ।

जेष्ठ नागरिकलाई भत्ता दिने, दुख सुखमा साथ दिने पार्टी एमाले नै भएकोले पनि हामी जेष्ठ नागरिकहरुले तपाईहरुलाई नै भोट दिएर जिताउँछौ । यो मेरो आर्शिवाद हो एक जेष्ठ नागरिकले भने, एमाले सरकारकै पालामा हामीलाई ४ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । अव फेरी एमालेको सरकार आए अझ बढ्छ भन्ने हामीलाई विश्वास लागेको उनीहरुले बताए ।

अरु पार्टीहरु पनि भोट माग्न आए पनि उनीहरुको विश्वास नलाग्ने गरेको उनीहरुको भनाई छ । घरदैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार जगत पोख्रेल, उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार नन्दुराम चौधरी लगायत अन्य पदका उम्मेदवार, पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे