एमालेमा प्रवेश गर्नेहरु बढ्दै, राप्ती ४ को घरदैलो कार्यक्रममै पार्टी प्रवेश



एमालेमा प्रवेश गर्नेहरु बढ्दै, राप्ती ४ को घरदैलो कार्यक्रममै पार्टी प्रवेश

भालुवाङ १७ वैशाख । एमालेमा प्रवेश गर्नेहरु क्रम दैनिक रुपमा बढी रहेको छ । शनिवार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ नयाँगाउँमा नेकपा एमालेको घरदैलो कार्यक्रममै ३ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा मदनलाल गिरी, रिमा गिरी र विष्णु गिरी रहेका छन् । उनीहरु ३ नै जनालाई अध्यक्ष पदका उम्मेदवार तथा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पोख्रेलले टिका खाँदा लगाएर पार्टी प्रवेश गराएका थिए ।

घरदैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार जगत पोख्रेल, उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार नन्दुराम चौधरी लगायत अन्य पदका उम्मेदवार, पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे