लमही नगरपालिका स्तरिय नागरिक समाज गठन



लमही नगरपालिका स्तरिय नागरिक समाज गठन

लमही १७ वैशाख । लमही नगरपालिका स्तरिय नागरिक समाज गठन गरिएको छ ।

शनिवार लमहीमा एक भेलाको आयोजना गरि नागरिक समाज गठन गरिएको हो । आयोजक समितिका संयोजक दामोदर पाण्डेयको अध्यक्षतामा सम्पन्न भेलाले चार जना पछि थप्ने गरी १५ सदस्यीय नागरिक समाज लमही नगरपालिका गठन गरेको हो ।

भेलाले नेत्रराज सिंह ठकुरीको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको उपसंयोजकमा शीला शर्मा, सचिवमा बालमुकुन्द शर्मा, सह सचिवमा श्रीधर पौडेल, कोषाध्यक्षमा राधिका पौडेल भूमिराज भट्टराई, गोविन्द रिजाल, गंगा खड्का, केशवराज सिंह, शंकर सिंह ठकुरी र यमकला बन्जाडे सर्वसम्मत चयन भएका छन् ।

वडा नं. १, २, ८ र ९ बाट समावेशी प्रतिनिधित्व गराउने गरी चार जना थप गर्ने भएको छ । कार्यक्रममा नागरिक समाज दाङका उपसंयोजक नीमबहादुर थापाले समाजको स्थापना, विगतमा गरेका कार्यहरु र आवश्यकताको बारेमा स्पष्ठ पारेका थिए ।

बिषय प्रवेशको सन्दर्भमा समाजको निर्देशिका बारे दामोदर पाण्डेय र सार्वभौमिक नागरिकको हक अधिकारबारे क्षेत्रिय सल्लाहकार जागेश्वर शर्मा घिमिरेले प्रकाश पारेका थिए ।

क्षेत्रिय सचिव तथा कार्यवाहक संयोजक प्रकाशकुमार खनालले सहजीकरण गरेको कार्यक्रममा नव निर्वाचित संयोजक नेत्रराज सिंह ठकुरीले प्रतिवद्दता मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे