एमाले प्रति युवाहरूको पनि आकर्षण बढ्दै, राप्ती ८ मा ४० बढी युवाहरू एमालेमा प्रवेश



एमाले प्रति युवाहरूको पनि आकर्षण बढ्दै, राप्ती ८ मा ४० बढी युवाहरू एमालेमा प्रवेश

सिसहनियाँ १७ वैशाख । चुनाव जति नजिक आउँदै छ एमाले प्रति युवा देखि वृद्धहरूको जनलहर बढ्दै गएको छ । यसै क्रममा शुक्रबार देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ८ को पिपरीमा ४० बढी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा ४० भन्दा वढि युवाहरु प्रवेश गरेका हुन् । एमाले वडा कमिटी अध्यक्ष पुरन चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य गंगाराम भट्टराई, दाङ जिल्ला सल्लाहाकार समिति सदस्य गाेकर्णबहादुर राना मगर, खिमबहादुर केसी, पार्टीका राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारीले नवप्रवेशी युवाहरुलाई स्वागत गरेका थिए ।
राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव इमानसिंह कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे