आशाका किरण संस्थाका अध्यक्ष आचार्यले निलसागरमा मनाए आफ्नो जन्म दिन



आशाका किरण संस्थाका अध्यक्ष आचार्यले निलसागरमा मनाए आफ्नो जन्म दिन

भालुवाङ ५ वैशाख । दाङको राप्ती गाउँपालिकामा रहेको  आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्यले आफ्नो जन्मदिन निलसागर सेवा आश्रममा मनाएका छन्।

जन्मदिनको अवसरमा आचार्य राप्ती गाउँपालिका-८ कोहलुवामा रहेको आश्रममा पुगेर सडक आश्रित मानवहरूसँग आशीर्वाद लिँदै फलफूल वितरण गरेका थिए। उनले जन्मदिन जस्तो विशेष दिनलाई फजुल खर्चमा होइन, आवश्यकतामा रहेका मानिसहरूको सहयोगमा लगाउनु नै सबैभन्दा पुण्यको काम भएको बताए।

आश्रममा जन्मदिन मनाउन पाउँदा आफूलाई आत्मसन्तुष्टि र आनन्द मिलेको उल्लेख गर्दै उनले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। आश्रमका अध्यक्ष गरिवु चौधरीले आचार्यले आश्रममा आएर सहयोगसहित जन्मदिन मनाएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरे।
कार्यक्रममा संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता, महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा तथा सदस्य सिर्जना खड्काले पनि आचार्यलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे