भालुवाङबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ



भालुवाङबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ

भालुवाङ ४ वैशाख । दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङ स्थित हेलो होटल रेष्टुरेन्टबाट लागु औषध (ब्राउन सुगर) सेवन तथा बिक्रि–वितरण गरिरहेको ग‍ोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले टोलीले ती दुई जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ भालुवाङ निवासी २२ वर्षीय आकाश पुन र सोही स्थानका २२ वर्षीय उमेश घर्ती मगर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २.६४० ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई दाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ। प्रहरीले लागु औषध नियन्त्रण तथा अवैध कारोबार रोक्न यस्ता अभियानलाई थप कडाइका साथ अगाडि बढाइने पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे