राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाको उम्मेदवारी फिर्ता



राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाको उम्मेदवारी फिर्ता

भालुवाङ १६ वैशाख । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवार मध्ये नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी सीता नेपाली, जनता समाजवादी पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी दिपशिखा न्याैपाने, नेकपा एकीकृत समाजवादीबाट वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हिमाल अधिकारी, सोही पार्टीबाट वडा नम्बर ७ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजकुमार खत्रीले उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् ।

त्यसै गरि नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा नम्बर २ मा दलित  महिला सदस्यमा उम्मेदवारी दिएका तारा सुनार, सोही पार्टीबाट सोही वडामा खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका प्रविण बहादुर कुमाल, सोही पार्टीबाट वडा नम्बर १ मा महिला सदस्य  पदमा उम्मेदवारी रिमा गुरूङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट वडा नम्बर १ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गोविन्द रोका ( गोपाल), सोही पार्टीबाट वडा नम्बर ३ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका रामकुमार चाैधरीले पनि उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत अर्यालले जानकारी दिएका छन् । 

यसै बीच निर्वाचन कार्यालयले आजै अन्तिम नामावली प्रकाशन गर्ने र भोलि वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे