बुवाको पूण्यतिथीमा रेडियो राप्तीका अध्यक्ष रामप्रसाद उपाध्यायद्धारा निलसागरमा खाद्यन्न सहयोग



बुवाको पूण्यतिथीमा रेडियो राप्तीका अध्यक्ष रामप्रसाद उपाध्यायद्धारा निलसागरमा खाद्यन्न सहयोग

भालुवाङ १६ बैशाख । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनका अध्यक्ष रामप्रसाद उपाध्यायले आफ्नो बुवाको पूण्यतिथीको अवसरमा आज राप्ती गाउँपालिका—८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा खाद्यन्न सहयोग गरेका छन् । बुवाको स्वर्गरोहरण भएको ६० बर्ष पुरा भएको र बुवाको आज तिथी परेकोले बुवाको आत्माको शान्ति र सम्झनामा उपाध्यायले आश्रम मै पुगेर उक्त खाद्यन्न सहयोग गरेका हुन् ।

राप्ती गाउँपालिका—८ बिजौरी निवासी समाजसेवाको अग्रपंक्तिमा रहनु भएका उपाध्यायले आश्रमलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति र आलु गरेर कुल ७ हजार ४ सय ५५ रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका छन् । उक्त खाद्यन्न सहयोग गर्दै उपाध्यायले आश्रममा रहनु भएका बुवाहरु पनि आफ्नै बुवा सरह रहेको भन्दै मैले यो सहयोग गरेको हुँ, उनले भने । मैले यो सहयोग आश्रममा रहनु भएका बुवाआमाहरुलाई गर्न पाउँदा खुसी लागेको छ, उनले भने ।

आश्रमलाई खाद्यन्न हस्तान्तरण पछि उपाध्यायले आश्रमको निरिक्षण गर्नुका साथै आश्रमको वर्तमान अवस्थाका बिषयमा जानकारी समेत लिएका थिए । आश्रममा खानपिनका लागि खासै समस्या नभएपनि आश्रममा रहेका बृद्धाबृद्धहरुलाई लगाउने कपडा र बिहान साँझाका लागि नास्ताको समस्या रहेको आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे