राप्तीमा एमालेको चुनावी घरदैलो अभियान, अध्यक्ष पदका उम्मेदवार पोख्रेल बगासोतीमा मत माग्दै



राप्तीमा एमालेको चुनावी घरदैलो अभियान, अध्यक्ष पदका उम्मेदवार पोख्रेल बगासोतीमा मत माग्दै

भालुवाङ १५ वैशाख । दाङको राप्ती गाउँपालिका अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जगतप्रसाद पोख्रेल चुनावी घरदैलो अभियानमा व्यस्त भएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य  निर्वाचनमा राप्ती गाउँपालिकालाई एमालेमय बनाउन पोख्रेल चुनावी घरदैलो तथा चुनावी  भेला अभियानमा व्यस्त भएका हुन् । राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका उद्योगपति पोख्रेल विहानै देखि दैनिक रूपमा व्यस्त देखिन्छन् ।

राप्ती गाउँपालिकालाई सुखी र सम्वृद्व गाउँपालिका बनाउने लक्ष्य बोकेर पोख्रेल चुनावी अभियानमा होमिएका हुन् । विकास निर्माणका पुर्वधार, शिक्षा, स्वास्थ्य, कृषि, राजधानी व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायतका महत्त्वपूर्ण एजेन्डा रहेका छन् ।

यसै क्रममा शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर १ को बगासोतीमा चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोका क्रममा त्यहाँका स्थानीयहरूले बाटो, खानेपानी, स्वास्थ्य लगायतका मुख्य समस्या रहेको बताएका थिए ।

स्थानीयहरूको गुनासोलाई सम्बोधन गर्ने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेलले एमालेलाई विजय गराएमा सवै समस्या हल हुने बताएका थिए । एमालेको नेतृत्वमा सरकार आए विकास निर्माण देखि हरेक कुरा सम्भव रहेको बताएका थिए ।

त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले आफू कम्लहरीबाट आएको र आफू निम्न स्तरको परिवारमा हुर्केका ले मुक्त कम‌ैया, कम्लहरी, सुकुम्बासी, पछाडि परेको वर्ग, उत्पीडित नागरिकहरूको सेवामा खट्ने बताएकी थिइन् । त्यसैले सुर्य चिन्हमा मतदान गरि एमालेलाई अत्यधिक मतले विजय बनाउन आग्रह समेत गरेकी थिइन् ।

वडा अध्यक्ष पदकी उम्मेदवार गेमबहादुर खड्काको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष पदका उम्मेदवार  जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीको विशिष्ट आतिथ्यता कार्यक्रम भएको हो ।

टोपाराम लन्तरी मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महिला सदस्य पदकी उम्मेदवार पार्वती सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे