घाेराही उप-महानगरपालिका उपमेयर पदकी उम्मेदवार हुमा डिसी काे हुन् त ? एक पटक अवश्य पढाैँ



घाेराही उप-महानगरपालिका उपमेयर पदकी उम्मेदवार हुमा डिसी काे हुन् त ? एक पटक अवश्य पढाैँ

सामाजिक जीवनका अनेकन भोगाई दुःख, कष्टले खारिएर व्यवहार र अनुभवले पारङ्गत बनेकी व्यक्ति हुन् हुमा । विधुवा महिला, हिंसा पीडित महिलाको लागि वकालत, उनीहरुको स्याहार सुसारमा उनले जीवन व्यतित गरेकी छिन् । दुख पीडा, भोगाईको पहाड उक्लेर अनुभवको भंगालोबाट स्पातिलो बनेर सबैको उदाहरणीय बनेकी छिन् हुमा ।

वन वातावरण संरक्षणको क्षेत्र होस् या सहकारीको विकास, मानवअधिकार, खाद्य अधिकार, उद्यमशीलताको क्षेत्रमा पनि उनको नाम पंक्तिमै आउँछ । आफ्नो जीवन कुन गन्तव्यमा पुग्छ नभएको बेलामा पनि समाजको मियो बन्नु पर्छ भन्ने दृढ संकल्प लिएर हजारौँको जीवनमा आशावादी बनेर निरन्तर अधिकतम समय उनले सामाजिक जागरणमा खर्चिईन् । जसले उनको उचाईँ राजनीतिसम्म ल्याई पुर्यायो । करीव ३ दशक लामो राजनीतिक यात्रामा रहेकी कर्मठ, संघर्षशील हुमा अहिले घोराही उपमहानगरपालिकाको उपमेयर बनेर जनप्रतिनिधिका रुपमा नागरिकको सेवामा खटिने योजनामा छिन् ।

घोराही उपमहानगर पालिकाको उपमेयर बनाउन उनको काम र योगदानको मतदाताले उच्च मुल्यांकन गर्ने बेला आएको छ । जनप्रतिनिधिका रुपमा काम गर्ने अवसर खेर जान नदिन अहिले उनको पक्षमा हजारौँ महिला दिदीबहिनी, आमाबुवाको शुभाशीष आईरहेको छ । जस्तो सुकै कठिन परिस्थतीमा पनि निराश नबनेकी हुमा एकल महिला भएर पनि आफ्ना कलिला बालबच्चा हुर्काउँदै उनीहरुको शिक्षादिक्षासँगै सामाजिक सेवामा निरन्तर खटिईरहिन् । जुन आजसम्म निरन्तर चलिरहेको छ ।

हुमाको संघर्षशील राजनीतिक-सामाजिक यात्रा २०४९ नेकपा एमालेको अखिल नेपाल महिला संघको साधारण सदस्यबाट थालनी गरेको हुमाको राजनीतिक यात्रा आज उपमेयरको प्रत्यासीसम्म आईपुगेको छ । अनेमसंघको जिल्ला सदस्य, पार्टीको टोल, वडा अध्यक्ष हुँदै क्षेत्रीय, जिल्लामा पनि सचिवालय सदस्यमा रहेर उनले काम गरिन् । अनेमसंघको केन्द्रीय सदस्यको भूमिकामा समेत रहेकी उनी हाल अनेमसंघ जिल्ला अध्यक्ष हुन् ।

पार्टीको प्रदेश कमिटी सदस्यसमेत रहेकी उनी सामाजिक राजनीतिक अभियानमा निरन्तर डटी रहने अथक शाहसिक योद्धा हुन् । शिक्षा क्षेत्रको सुधारमा पनि उनी उत्तिकै खटेकी महिला हुन् । सामाजिक कुरीति विरुद्ध खटेर अनि डटेर लागेको उनको विगतको काम साक्षी छ । देशमा भएको लामो द्वन्द्वको बेलामा पनि शिक्षाको सुधारमा लागेकोे उनको अनुभव छ । घोराही १७ को गोरक्ष रत्ननाथ स्कुलमा ८ वर्ष विद्यालय व्यवस्थापन समिति सदस्य भएर काम गर्दा हाईस्कुल बनाउन, पशु विज्ञान कक्षा भित्र्याउन उनको भूमिका रह्यो ।

छात्रछात्रालाई निशुल्क शिक्षाको व्यवस्था गर्न पहल गरेकी हुमा घोराही १५ स्थित सरस्वती मावि काठेकोलमा पनि एक अवधि विद्यालय व्यवस्थापन समितिमा रही कृषि, पशुविज्ञानलगायत सुधारको काममा भूमिका खेलिन् । २०५९ सालमा विधवा महिला आन्दोलनमा सक्रिय भई लागेकी उनले रंगभेद विरुद्ध खरो रुपमा उभिएर आन्दोलनको औचित्य पुष्टि पनि गरिन् ।

विधवा महिलाले सेतो कपडा लगाउनु पर्ने बाध्यात्मक कुराको अन्त्य गर्न, रंगभेद विरुद्धका आवाजमार्फत महिलाहरुमा जागरण पैदा गर्न, महिलामाथि हुने सबै खाले विभेद विरुद्ध उत्रिन, महिला अधिकारको मुद्दालाई सफलताको उडान भर्न पनि हुमाले नै सिकाईन् । ‘यहाँ विधवा प्रथा थियो, सेतो जंजीर तोड्न निकै संघर्ष गर्नुपर्यो, यसका अवशेष अझै समाजमा बाँकी छ, यो हटाउने हाम्रो लडाई अझै जारी छ, हुमाले भनिन्, सामाजिक कुरीति हटाउँदै विधवा महिलालाई राज्यमार्फत सम्बोधन गराउनेदेखि सामाजिक सुरक्षा भत्ताको व्यवस्थामा निस्वार्थ भावले लागेँ ।’ सशस्त्र द्वन्द्वको बेला सामुदायिक वन संरक्षण गर्नु निकै चुनौति थियो ।

त्यो बेलामा पनि उनले आफुलाई एक निडर वन संरक्षणकर्मीका रुपमा परिचत गराईन् । सामुदायिक वन क्षेत्रमा पनि उत्तिकै सक्रिय भूमिका खेलेकी उनी वन समुहको अध्यक्ष भएर पनि काम गरिन् । पछि उनी रेन्जपोष्ट स्तरसम्मको काम गर्दै वन वातावरणको क्षेत्रमा खटेर लामो समय लागिन् । उनी जिल्लाको उपाध्यक्ष हुँदै केन्द्रीय प्रतिनिधिसम्म पुगिन् ।

हाल स्थानीय निर्वाचनमा जनप्रतिनिधि बन्न उम्मेदवारी दिएपछि यसको जिम्मेवारीबाट हात झिकेकी छिन् । हुमा २०५४ मा एमालेको वडा सदस्य भएको पार्टीको योगदानमा पनि खटिईन् । त्यो बेलामा राप्रपा, कांग्रेस र एमालेबाट उनी महिला सदस्य मनोनित भएकी थिईन् । तत्कालीन त्रिभुवन नगरपालिकाको प्रतिनिधिका रुपमा काम गर्ने अवसर उनले पाएकी थिईन् । टोल विकासको क्षेत्रमा पनि वर्षौ देखि काम गरेको होस् या महिलाहरुको आर्थिक, सामाजिक सबलीकरण, सशक्तीकरणका लागि सहकारी आन्दोलनमार्फत उत्तिकै अब्बल महिलाको रुपमा परिचित बनेकी छिन् ।

सानो कर्जा लगानीदेखि महिलाहरुको उत्थानमा उनको भुमिकालाई सबै महिला, पिछडिएका वर्गहरुले निकै सराहना गर्ने गरेका छन् । आयआर्जतको क्षेत्रमा लाग्न, कमजोर आय भएकालाई वचत गर्ने बानीको विकास गर्न लगाउने, सामाजिक न्यायमा पुहँच बढाउन सजग गराउने जस्ता अधिकारको क्षेत्रमा लाग्न उत्साहित गर्ने कामको योगदान एक अथकयोद्धा बाहेक अरुले गर्न सक्दैन, जुन काम हुमाले गरेकी छिन् ।

२०५९ सालमा ४८ जनाबाट जम्मा ४ हजार ८ सय रुपैयाँबाट थालनी गरेको सौभाग्य महिला वचत तथा ऋण सहकारी संस्था १२ सय बढी शेयर सदस्य हुँदै करोडौँको कारोबार गर्न सफल भएको छ । हाल उनी संस्थाको नेतृत्वबाट हटेकी छिन् । संस्थाकै योगदानबाट जिल्ला वचत सहकारी संघको उपाध्यक्ष भएकी उनी प्रदेश कमिटीको वचत सहकारी संघको सदस्य बनेकी छिन् ।

३५ सय बढी सहकारी संघको लेखा समितिको सदस्य भएको अनुभव संगालेकी उनले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा पनि दख्खल हासिल गर्न सफल भएको हुँदा उनको उपमेयर बन्ने यो यात्रालाई कसैले रोक्न नसक्ने देखिएको छ । २०६१ सालमा पारालिगल कमिटीमा बसेर पनि विभिन्न खालका हिंसा नियन्त्रणका क्षेत्रमा काम गरेकी उनले लैंगिक हिंसा नियन्त्रणमा पनि उत्तिकै योगदान दिएकी छिन् । घरेलु हिंसा ऐन २०६६ अनुसार सेवा केन्द्र स्थापना गरेर काम गरेकी उनले विभिन्न जिल्लामा १५ वटा सेवा केन्द्र स्थापना गर्दा घरेलु

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे