दुर्गा भवानी विद्यालय मसुरीयाको २५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न



दुर्गा भवानी विद्यालय मसुरीयाको २५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

मसुरीया १५ फागुन । दुर्गा भवानी आधारभुत विद्यालय राप्ती गाउँपालिका ३ मसुरीयाको २५ औं वार्षिक उत्सव तथा अभिभावक भेला रजत जयन्ती आइतवार मनाइएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरुले ध्यान दिनुपर्ने बताएका थिए ।कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी, विद्यालयका भुतपुर्व प्रधानाध्यापक किरण भण्डारी, शिक्षाप्रेमी गोविन्द प्रसाद शर्मा घिमिरे, दोर्ण भुसाल, आदर्श नमुना मावि लालमटियाका प्रधानाध्यापक किरण पोख्रेल, शिक्षक महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष कुलराज जैशी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा तनमाया स्मृती अक्षयकोष र उमाकला भुसाल स्मृती अक्षयकोषबाट आएको व्याजबाट पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुर्यप्रकाश भण्डारीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । रोजिना चौधरी, सदिक्षा गैरे र जितमली विष्टको स्वागत गित तथा टोमलाल गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका सुचनाकुमारी चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे